Logo

रास्वपाका सभापति लामिछानेले दिए प्रधानमन्त्री दाहाललाई १४ बुँदे सुझाव


Nagarik Abaj २२ कार्तिक २०८०, बुधबार १५:१६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिनुभएकाे छ ।

सभापति लामिछानेले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर भूकम्प प्रभावित क्षेत्रकाे वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा १४ बुँदे सुझाव दिनुभएकाे हाे ।

प्रधानमन्त्री दाहाललाई दिएकाे सुझावमा सभापति लामिछानेले विपद्का बेला समयमा नपुर्‍याइको सामानको महत्त्व हुँदैन रहेछ भन्ने सिकाइकासाथ आफू फर्किएको उल्लेख गर्नुभएकाे छ । भूकम्प गएलगत्तै सभापति लामिछाने भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएकाे थियाे ।

उहाँले राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको र प्रमुख जिल्ला अधिकारीले सम्हाल्न नसक्ने स्थिति आएकाे सुझावमा उल्लेख गर्नुभएकाे छ ।


ताजा समाचार