Logo

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा


Nagarik Abaj २१ कार्तिक २०८०, मंगलवार १५:५८ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम पुग्नुभएको छ । 

राष्ट्रपति मंगलबार नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र पुग्नुभएको हो ।  राष्ट्रपति शुक्रबार रातिको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न जाजरकोट  र पश्चिम रुकुम जानुभएको हो । 

राष्ट्रपतिले भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै कात्तिक २१ गते देखि तय भएको युरोप भ्रमण समेत स्थगित गर्नुभएको छ । 


ताजा समाचार