Logo

नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुख: व्यक्त


Nagarik Abaj १८ कार्तिक २०८०, शनिबार १५:५६ मा प्रकाशित

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

नेपालको जाजरकोटमा शुक्रबार राती ६.४ म्याग्निच्युटको भूकम्प गएपछि भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत यस्तो प्रक्रिया दिनुभएको हो ।

प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’’

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।  नेपाली प्रहरीले शनिबार बिहान ८ः१५ बजेसम्मको जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । 


ताजा समाचार