Logo

नेपाललाई १३५ रनको लक्ष्य


Nagarik Abaj १७ कार्तिक २०८०, शुक्रबार १२:४९ मा प्रकाशित

काठमाडौं। मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको आईसीसी टी २० विश्वकप छनोट खेल अन्तर्गत यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ।

यूएईले नौ विकेटको क्षतिमा १३४ रन बनाएको हो। यूएईका लागि भृत्य अरविन्दले ६४, मोहम्मद वासीमले २६, अलिशान शरफुले १६ र आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र रोहित पौडेलले एक(एक विकेट लिए।


ताजा समाचार