Logo

नेपाल ओमानसँग ५ रनले पराजित


Nagarik Abaj १६ कार्तिक २०८०, बिहीबार १२:४७ मा प्रकाशित

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार आईसीसी टि – २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन जोडे। कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२, कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

ओमानले १४६ रनको लक्ष्य दिएको थियो। ओमानका लागि जिशान मकसूदले सर्वाधिक ३२ रन, नसीम खुशीले २५ रन, प्रतिक अथावलेले २४ रन, आयन खानले १८ रन बनाए। शकील अहमद २२ रन बनाउँदै अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

यस अगाडि नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले २र२ विकेट लिए। त्यसैगरी गुल्सान झा र अविनाश बोहराले १र१ विकेट लिएका थिए। योसँग समूह एबाट ओमान विजेता र नेपाल उपविजेता बनेको छ।


ताजा समाचार