
काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
संसद बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ ।संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै सरकारले बजेट अधिवेशनलाई लम्ब्याएको थियो । तर ती दुवै विधेयक पास नगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेको छ ।