
काठमाडौं। आईसीसी टी २० विश्वकप छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई आठ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ । सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमै दुई विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई जीत दिलाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । ४७ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे । आशिफ शेखले २७ रन बनाए । २५ बल खेलेका उनले दुई चौका र एक छक्का हाने । यस्तै कप्तान रोहित पौडेलले ३५ रन बनाए । २४ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै आर्यावीर चौधरीले ३९, मनप्रित सिंहले २० रन बनाए । नेपालका लागि अविनाश बोहराले सर्वाधिक तीन विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले दुई दुई विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए ।