Logo

नेपाललाई १४६ रनको लक्ष्य


Nagarik Abaj १३ कार्तिक २०८०, सोमबार ११:११ मा प्रकाशित

काठमाडौं। आईसीसी पुरुष टी २० विश्वकप एशिया क्वालिफायर अन्तर्गत नेपाल र सिंगापुरबीचको खेलको पहिलो पारी सकिदा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको छ। सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए। यस्तै, आर्यवीर चौधरीले ३७, मनप्रीत सिंहले २४ तथा अक्षय पुरीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन्।

नेपालका लागि बलिङतर्फ अविनाश बोहोराले तीन विकेट लिए। सन्दीप लामिछाने, गुल्सन झा र करन केसीले समान दुई विकेट लिए।

१४६ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ सुरु ग्रदै पहिलो ओभरमा १४ रन बनाएको छ।


ताजा समाचार