
काठमाडौं । आज प्रतिनिधिसभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, अर्थमन्त्री डा। प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुहुने छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।