Logo

आजदेखि सरकारी कार्यालय खुला


Nagarik Abaj १० कार्तिक २०८०, शुक्रबार १२:१० मा प्रकाशित

काठमाडौं । दशैंका लागि बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि देखि खुल्ने भएका छन् । ६ दिने दशैं बिदा सकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म ६ दिन सार्वजनिक विदा रहेको थियो । दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ । दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा दशैं विदाको अन्त्यसँगै चहलपहल बढेको छ ।

आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् । आज १० बजे कार्यालय आउनेहरु हिजो बिहिबार नै गन्तब्यमा पुगिसकेका छन् । विशेष गरी बसाईसराई,नोकरी र अध्यन लगायत विभिन्न सिलसिलामा आफ्नो पुख्र्यौली थलो बाहिर रहेकाहरु दशैं मनाउँन घर फर्कने गर्दछन् ।


ताजा समाचार