Logo

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन


Nagarik Abaj १० कार्तिक २०८०, शुक्रबार १२:०३ मा प्रकाशित

एजेन्सी । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज शुक्रबार बिहान ६८ वर्षको उमेरमा सांघाईमा निधन भएको छ। हृदयाघातका कारण लीको निधन भएको चिनिया संचारमाध्यमहरुले जनाएका छन् । बिहिबार उहाँलाई अचानक हृदयाघात भएको र गएराति १२ बजेर १० मिनेटमा निधन भएको हो ।

ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा हुनुभएको थियो । ली सन् २०१३ मा पहिलोपटक चीनको प्रधानमन्त्री बन्नुभएको थियो । चीनका राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाको दोस्रो वरियतामा रहनुभएका ली पछिल्लो समय सांघाइमा बस्दै आउनु भएको थियो ।


ताजा समाचार