Logo

सोमबारदेखि नयाँ नोट वितरण


Nagarik Abaj २९ आश्विन २०८०, सोमबार १२:०५ मा प्रकाशित

काठमाडौं । दसैं र तिहारलाई लक्षीत गरी राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) गर्ने भएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट बाँड्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ। यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिने र सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक(एक बन्डल नयाँ नोट सटही गर्न पाउने छन् ।


ताजा समाचार