
काठमाडौं। बिहीबार मलेसियामा भएको एसिसी यू -१९ प्रिमियर कपमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकाल्दै सानदार सुरूवात गरेको छ।
नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भयो। इरानका लागि विकेटकिपर ब्याट्सम्यान अमेर खुर्सदले ३७ रन जोड्दा अरु ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा नेपालका सुवास भण्डारी र दिपेश कडेँलले ३-३ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पार्दा आकास चन्दले पनि २ विकेट लिन सफल भए।