Logo

राष्ट्रिय सभा बैठक स्थगित


Nagarik Abaj २३ आश्विन २०८०, मंगलवार ११:४७ मा प्रकाशित

काठमाडौं। मंगलबार बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको राष्ट्रिय सभाको बैठक राष्ट्रिय शोकका कारण स्थगित भएको छ। संघीय संसद् सचिवालयले एक सूचना टाँस गरी बैठक स्थगित गरिएको जानकारी दिएको हो।

इजरायलमा मारिएका नागरिकको सम्मानमा नेपाल सरकारले आज (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही कारण राष्ट्रिय सभा बैठक स्थगित भएको हो। राष्ट्रिय सभाको अर्को बैठक असोज २६ गते बिहान ११स्३१ मा बस्ने सूचनामा उल्लेख छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले मंगलबार राष्ट्रिय शोक मनाइने र त्यसक्रममा देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको थियो।


ताजा समाचार