
काठमाडौं। अफगानिस्तानको हेरात प्रान्तमा शनिबार राति ६.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पको कारण ५ सय जनाको मृत्यु हुनुका साथै धेरै मानिस भग्नावशेषमा हराइरहेका छन्।
भूकम्पपछि राहत तथा उद्धारको काम तीव्र गतिमा भइरहेको छ। विपद् व्यवस्थापन प्रमुखले एक हजार जना घाइते भएको जानकारी दिएका छन्। धेरै गाउँ पूर्ण रुपमा ध्वस्त भएका छन्।
शक्तिशाली भूकम्पपछि धेरै पराकम्पहरु महसुस गरिएको जनाइएको छ। भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ।बितेको जुन महिनामा गएको भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको थियो।