
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बझाङ पुगेका हुन। प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका बझाङका केही स्थानको अवलोकलन गर्नेछन्।
त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम तय भएको छ। बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो।
केही घाइते भएका थिए भने भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।