
काठमाडौं l आज विश्व मुस्कान दिवस मनाइँदै छ। हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ।
मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरु गरिएको हो। ‘सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन?’ विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्छन्, ‘उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस्।’
बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन्। मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। उनका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ।
‘मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ। सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी’, उनी भन्छन्, ‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ। जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन्। तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ। आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो।’
मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ। मुस्कानले आत्मविश्वास बढाउँछ।
हाँस्नु यस्तो प्राकृतिक विधि हो, जसले हामीलाई शारीरिक रूपमा मात्रै होइन, मानसिक रूपमा समेत स्वस्थ बनाउँछ । खुलेर हाँस्नुका १४ फाइदा यसप्रकार छन् :
१. सधैँ हाँस्दा ताजा महसुस गराउँछ । स्फूर्ति बढाउँछ । सकारात्मक भावना जागृत गराउँछ ।
२. जब धक खोलेर हाँस्छौँ, तत्कालै केही फाइदा देखिन्छ । जस्तो कि, तपाईंआसपासको वातावरण एवं माहोल रमाइलो बन्छ ।
३. निरन्तर हाँस्दा तनाव नियन्त्रण हुन्छ ।
४. हाँस्ने हो भने शरीरबाट क्यालोरी खर्च हुन्छ । यसले वजन नियन्त्रण गर्न सहयोग पु¥याउँछ ।
५. निरन्तर हाँस्नेहरूमा अल्छीपन आउँदैन । आलस्य हराएर जान्छ ।
६. हाँस्दा शरीरमा रगतको प्रवाह बढ्ने गर्दछ । शरीरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरस नष्ट गरिदिन्छ ।
७. दिल खोलेर एक घन्टा हाँस्दा शरीरको मांसपेशीलाई
बलियो बनाउँछ ।
८. हाँस्दा अनुहारको मांसपेशीमा कसरत हुन्छ ।
९. लगातार हाँस्नेहरूको निधारमा चाउरी पर्दैन ।
१०. खुलेर हाँस्दा मुटुमा रगत र अक्सिजनको प्रवाह राम्रो हुन्छ । मुटु स्वस्थ हुन्छ ।
११. हाँस्नेहरूको मन प्रसन्न हुन्छ । एकैछिनलाई मनभित्रका पीडा र तनाव भाग्छन् ।
१२. हाँस्ने बानीले हृदयाघातको खतरा कम हुन्छ ।