Logo

स्थानीय तहका भ्रष्टाचारको मुद्दामा वृद्धि


Nagarik Abaj १८ आश्विन २०८०, बिहीबार २२:१८ मा प्रकाशित

काठमाडौं । पछिल्ला दिनहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहका जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा नलगाएको दिन पाउन मुश्किल हुन थालेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै आयोगले विशेष अदालतमा दायर गरेका १ सय ६२ मुद्दामा ७७ वटा मुद्दा स्थानीय तहसँग सम्बन्धित छन ।

आयोगको यो तथ्याङ्कले भर्खर कार्यकालको दोस्रो वर्षमा हिड्दै गरेका स्थानीय तहका प्रतिनिधिहरूले अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको भ्रष्टाचारको गतिलाई जित्ने संकेत गर्दछ । पछिल्लो चार वर्षमा भ्रष्टाचारको आरोपमा स्थानीय तहका ४ सय ५२ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७६र७७ मा ७०, २०७७र७८ मा २२, २०७८र७९ मा १सय ५१ र २०७९र८० मा २ सय ९ जना जनप्रतिनिधि भ्रष्टाचारमा मुछिएका थिए ।

अख्तियारले विशेष अदालतमा दायर गरेका मुद्दामा ठूलो संख्या जनप्रतिनिधिकै रहेको छ । आयोगको तथ्याङ्क अनुसार आयोगमा दर्ता भएका कुल उजुरी मध्ये ४६ प्रतिशतल स्थननीय तहसंग सम्बन्धित छन् । स्थानीय निकायमा योजना छनोट गर्दा आवश्यकता र प्राथमिकता भन्दा जनप्रतिनिधिका आफन्त र कार्यकर्तामुखी हुने गरेका छन् । पहिले कर्मचारीले जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने, झूटा सूचना वा आश्वासन दिने तथा सेवाग्राहीलाई सास्ती दिएर भ्रष्टाचारको वातावरण बनाउँथे भने अहिले प्रवृतिमा परिवर्तन देखिएको आयोगका प्रवक्ता भोला दाहाल बताउनुहुन्छ ।


ताजा समाचार