Logo

क्रिकेट टोली स्वदेश फर्कियो


Nagarik Abaj १८ आश्विन २०८०, बिहीबार १५:१५ मा प्रकाशित

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली पुरुष क्रिकेट टोली आज स्वदेश फर्किएको छ । दुई दिन अघि खेलिएको क्वार्टरफाइनलमा भारतसँग २३ रनको हारपछि एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको थियो ।

स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । एशियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।


ताजा समाचार