
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
बाँकेको नेपालगञ्जमा केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएप्ीछ स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो ।
मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो। तर तनाव बढ्ने संकेत देखिएपछि कफ्यु जारी गरिएको हो । मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।