
काठमाडौं । मंगलबार सप्तरीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले औद्योगिकीरण गर्न थप लगानी आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
नेपालले यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्नेमा पनि जोड दिनुभयो । कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा अधिक सम्भावना रहेको भन्दै उहाँले थप लगानी गरी आर्थिक समृद्धि हाँसिल गर्नु पर्ने बताउनुभयो । समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा यसमा लोकतान्त्रिक मिडियाको सहयोग गर्नु पर्ने पनि बताउनुभयो ।