
काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइलमा नेपाली टोली भारतसँग २३ रनले पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।
नेपालले ९ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । यो नेपाल र भारतबीचको पहिलो टी(२० अन्तर्राष्ट्रिय खेल हो। यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो। यो हारसँगै एसियन गेम्समा नेपाली क्रिकेट टोलीको यात्रा पनि टुंगिएको छ ।