Logo

नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार रेशम चौधरीलाई


Nagarik Abaj १५ आश्विन २०८०, सोमबार १२:१२ मा प्रकाशित

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार रेशम चौधरीलाई दिने निर्णय गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको जानकारी गराइएको छ ।

बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकसमेत दिँदै चौधरीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको हो । यस्तै, बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा गर्ने निर्णय गरेको छ ।


ताजा समाचार