Logo

शिक्षकहरूले सडकमै सुतेर आन्दोलन गर्ने


Nagarik Abaj ८ आश्विन २०८०, सोमबार ११:३२ मा प्रकाशित

काठमाडौं। आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकहरूले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका छन् ।
राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै हजारौँको संख्यामा रहेका शिक्षकहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताउनुभयो ।

‘दिउँसो १२ बजेतिर हामी सडकमा आधा घण्टा लम्पसार लाश बनेर पल्टिन्छौं । सांकेतिक रूपमा हामीलाई मार्यो भनेर हामी सडकमा सुत्छौं । माइतीघर बानेश्वर सडक खण्डमा हामी पल्टिन्छौं ’ उहाँले भन्नुभयो।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।


ताजा समाचार