Logo

एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्दै


Nagarik Abaj ३१ भाद्र २०८०, आईतवार ११:३१ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटको फाइनल खेलमा आइतबार नेपाली समय अनुसार दिउँसो सवा तिन बजे श्रीलंकाको कोलम्बोमा भारत र श्रीलंका भिड्नेछन् ।

सुपर फोर चरणमा श्रीलंकालाई हराएको भारत आइतबार फाइनलमा पनि सोही लय दोहोर्‍याउन चाहन्छ । तर, श्रीलंका पनि आजको खेल जित्दै एसिया कपको इतिहासमा सर्वाधिक सात उपाधि जित्ने भारतको किर्तीमान बराबरी गर्न चाहन्छ । एक दिवसिय वरियताको आठौं स्थानमा रहेको टोली श्रीलंका छनौट चरण पार गरेर मात्रै आसन्न विश्वकपमा छानिएको छ ।

एसिया कपमा भने सुधारिएको प्रदर्शन गरेको श्रीलंकाले भारतमा अर्को महिना हुने विश्वकप क्रिकेटको लागि पनि आशा जगाएको छ ।


ताजा समाचार