Logo

विभिन्न पार्टी परित्याग गरि १ हजार बढी नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश


Nagarik Abaj २८ भाद्र २०८०, बिहीबार २१:१२ मा प्रकाशित

काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी) ले पार्टी सप्तरी सम्भुनाथ नगरपालिकामा पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ।  बिहिबार पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले एमालेका पूर्वमेयर राजकुमार साहसहित ११३२ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नु भएको हो। अध्यक्ष नेपालले नयाँ सदस्यलाई नेकपा एकीकृत समाजवादीमा स्वागत गर्दै समाजवादको यात्रामा कटिवद्ध भएर लाग्न निर्देशन दिनुभएको छ। 

अध्यक्ष नेपालले भन्नुभयो, ‘एमालेमा विद्रोहको जारी छ। किन भने त्यो पार्टी कम्युिनष्ट विचारकहरूको पार्टी होइन। त्यहाँ  विचार, नीति प्रधान हुँदैन। एमालेमा व्यक्ति पूजा हुन्छ। यस कारण इमान्दार कार्यकताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादीमा समाहित हुन ढिलो नगर्न अनुरोध गर्दछु। एमाले अब सुधारिने अवस्थामा छैन। पूरानो घर भनेर माया गरेर के गर्ने ? त्यस घरमा नै आगोमा लागि सकेको छ। कम्युनिष्टहरूको वैचारीक संगठन भनेको नेकपा एस नै हो।’   

अध्यक्ष नेपालले अगाडि भन्नुभयो, ‘एमालेको नेतृत्व (केपी ओली) का कारण कम्युनिष्टको आन्दोलन कमजोर भयो। यसैको परिणाम स्वरुप एमालेमा दिन हुँ पहिरो जाने क्रम जारी छ। देश भरिबाट एमाले पार्टीसहित परित्याग गरेर समाजवादीमा आउने क्रम जारी छ।’ 

सिराहा धनगढी नगरपालिका पूर्वमेयर राजकुमार साहले एमालेमा इमान्दार कार्यकर्ताको आवश्यकता नरहेको बताउनु भयो। उहाँले भन्नुभयो,‘ एमालेमा चाकरी गर्नेहरूका लागि मात्रै ठाउँ छ। त्यहाँ बस्नुको कुनै अर्थ छैन। त्यसै कारण नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ। एमाले पार्टी निर्माणमा जीवन खर्चेका थियौं। तर, आज एमाले विगतको जस्तो रहेन। त्यसै कारण माधव नेपालको साथमा समाजवादको यात्रा गर्ने विचारका साथ हामी हजारौंको संख्यामा पार्टी प्रवेश गरेका छौं।’ कार्यक्रममा तीन हजारभन्दा धेरै मानिसहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। 


ताजा समाचार