Logo

छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएका छन्: रमेशनाथ पाण्डे


Nagarik Abaj २४ भाद्र २०८०, आईतवार १५:०५ मा प्रकाशित

काठमाडौं । परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताउनु भयो । उहाँले छिमेकी देशले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको बताउनु भयो ।

परराष्ट्रविद् पाण्डेले सहसचिव स्तरबाट हुनुपर्ने वार्ता र योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनु पर्ने बताउनु भयो ।


ताजा समाचार