Logo

राष्ट्रिय सभाको बैठक स्थगित


Nagarik Abaj २२ भाद्र २०८०, शुक्रबार १५:०६ मा प्रकाशित

काठमाडौं । आउँदो आइतबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक भदौं २४ गते आइतबार ११ बजेर १ मिनेटमा बस्नेगरी तय गरिएको थियो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित भएको जनाउनु भएको छ ।


ताजा समाचार