Logo

काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन


Nagarik Abaj २१ भाद्र २०८०, बिहीबार ०९:४६ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए ।

डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् ।
। उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो ।


ताजा समाचार