Logo

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने


Nagarik Abaj १८ भाद्र २०८०, सोमबार ११:४३ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । यसका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गर्नुभएको छ। उम्मेदवारी दर्ताको समय सोमबार बिहान १० बजेसम्म रहेको थियो ।

अध्यक्ष पदका लागि सहमतिको प्रयास असफल भएपछि प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन हुने पक्का भएको हो ।

सोमबार बिहान मनोनयनको काम सकिएपछि निर्वाचन हुने निर्वाचन कमिटीले जनाएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन ।


ताजा समाचार