Logo

एमसीसी कार्यान्वयनमा जान्छ :  ओली


Nagarik Abaj १३ भाद्र २०८०, बुधबार १३:१५ मा प्रकाशित

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  अमेरिकी कुटनीतिक लक्ष्य अनुसार संचालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा जाने बताउनुभएको छ । 

एमाले अध्यक्ष ओलीले बुधबार विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमसीसी संसदबाट पारित भइसकेका कारण कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।  ‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ’ उहाँले भन्नुभयो – ‘एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने थियो ।’ 

एमाले अध्यक्ष ओलीले एमसीसी संसदबाट पारित गर्ने बेला सत्तापक्ष बनाएको १२ बुँदे व्याख्यात्मक घोषणालाई ‘झुटको खेस्रो’ को संज्ञा दिनुभयो । ‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो’ उहाँले भन्नुभयो – झुटको खेस्रो उहाँहरु (सत्तापक्ष) ले जनतालाई दिएको धोका हो ।  ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन ।’

२०७८ साल फागुन १५ गते सत्तापक्षले १२ बुँदे व्याख्यात्मक घोषणा गरेपछि मात्रै संसदबाट एमसीसी अनुमोदन भएको थियो । ओलीले त्यो घोषणालाई झुटको खेस्रो र जनतालाई दिएको धोका भन्दै व्याख्यात्मक घोषणा एमसीसीले नमान्ने दाबी गर्नुभएको छ ।  


ताजा समाचार