
काठमाडाैं । समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय सन्देश सभा स्थगित भएको छ । मोर्चाले धनगढीमा आयोजना गर्ने भनिएको सन्देश सभा स्थगित भएकाे प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको हाे । कार्यक्रमको दोस्रो मिति छिटै जानकारी गराईने विज्ञप्तिमा जनाइएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार काठमाडौंका विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले धनगढी आउन नभ्याउने जनाईएको छ। नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) बीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बुधबारदेखि ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा जाने घोषणा हुँदैछ।
सम्झौता कार्यान्वयनको उद्घाटनमा सहभागी हुनका लागि एमसीसी मुख्यालयका कार्य सञ्चालनका क्यामरुन एलफोर्ड नेपाल आउनुभएकाे छ । सञ्चालनका उपाध्यक्ष एलफोर्डले प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टीका नेता अशोक श्रेष्ठ धनगढी आउने कार्यक्रम थियो ।