Logo

समाजवादी मोर्चाले आज बुटवलमा सभा गर्दै


Nagarik Abaj १२ भाद्र २०८०, मंगलवार ११:१६ मा प्रकाशित

काठमाडौं । समाजवादी मोर्चा नेपालले आज रुपन्देशीको बुटवलमा सभा गर्दैछ । सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा आवद्ध चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सो सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ भने १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा सभा गर्ने कार्यक्रम छ ।


ताजा समाचार