Logo

सवारी दुर्घटनाको जोखिम बढ्दै


Nagarik Abaj ९ भाद्र २०८०, शनिबार २०:३१ मा प्रकाशित

काठमाडौं । लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । ठूला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

नेपालगञ्ज, कोहलपुर, तुलसीपुर, तौलिहवा, बुटवल, भैरहवा, परासीलगायतका बजारमा छाडा चौपाया नियन्त्रण गर्न सकिएको छैन । बुटवल उपमहानगरको सडक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सडकमै लाम लागेका छाडा चौपाया सवारी साधन नै अवरुद्ध हुने गरी बस्ने गरेका छन् ।

बुटवलका सडकमा देखिने छाडा चौपाया नियन्त्रण गर्न बजारबासीले पटक -पटक आग्रह गर्दे आएका छन् । नेपालगञ्जमा पनि छाडा चौपायाको समस्या बढ्दै गएको छ ।

अन्यत्रका सडकमा छाडा गाईगोरुले दुःख दिने गरे पनि यहाँ गाईगोरुका अतिरिक्त गधा, घोडासमेत सडकमै देखिने गरेको स्थानीयको भनाइ छ । पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएकाले नियन्त्रण गर्न सबै पालिकाको समन्व आवश्यक रहेको छ ।


ताजा समाचार