Logo

महाकाली नदीमा जलसतहले सतर्कता तह पार


Nagarik Abaj ७ भाद्र २०८०, बिहीबार १३:०७ मा प्रकाशित

कञ्चनपुर । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ ।

महाकालीको सतर्कता तह ५.८० मिटर हो । खतराको तह ७ मिटर तोकिएको छ । अहिले पानीको बहाव स्थिर छ ।

दिउँसो र राति सुदूरपश्चिममा मुसलधारे वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


ताजा समाचार