Logo

३ दिने केन्द्रीय कमिटी बैठक समापन गर्दै एकीकृत समाजवादी


Nagarik Abaj ७ भाद्र २०८०, बिहीबार १३:०३ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बिहान ८ बजेबाट सुरु भएकाे बैठकमा बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेकाे उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।
 
मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । उहाँको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । एकजनालाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको बताइएकाे छ ।

उपमहासचिव तथा प्रचार विभाग प्रमुख खतिवडाका अनुसार बैठक आज सक्ने तयारी छ ।


ताजा समाचार