Logo

त्रिशूली नदीमा बस खस्यो


Nagarik Abaj ६ भाद्र २०८०, बुधबार १२:०७ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०ः४० बजे त्रिशूली नदीमा खसेको हो।

‘मलाई पनि भर्खर जानकारीमा आएको छ। बस नम्बर र बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकी छ।’ दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।


ताजा समाचार