Logo

प्रधानमन्त्री दाहाल भदौ ३० मा अमेरिका जाँदै


Nagarik Abaj ६ भाद्र २०८०, बुधबार ११:५३ मा प्रकाशित

काठमाडौं। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जाँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल अल्पविकसित मुलुकहरूका अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । असोज पहिलो सात प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन जाने कार्यतालिका समेत रहेको छ ।


ताजा समाचार