
काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको छ । बैठक तीन दिनसम्म चल्ने छ ।
हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा व्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । केन्द्रिय कमिटीको छैटौँ बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राख्नुभएको छ ।