Logo

 दोस्रो चरणको जनतासँग कांग्रेस अभियान स्थगित


Nagarik Abaj ५ भाद्र २०८०, मंगलवार १४:३९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले भदौ १० देखि २४ सम्म सञ्चालन गर्ने भनिएको दोस्रो चरणको जनतासँग कांग्रेस अभियान स्थगित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज मंगलबार बसेको पदाधिकारी बैठकले जनतासंग कांग्रेस अभियान स्थगित गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एकातिर संसद् चलिरहेको र अर्कोतिर बर्खामा कार्यक्रम गर्न पनि सहज नभएकाले केही समयका लागि अभियान स्थगित गरिएको जानकारी दिनुभयो । उक्त अभियानको अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय हुने पौडेलले जानकारी दिनुभयो ।

आजको बैठकमा साउन २० देखि ३० गतेसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा भएको छ । अभियानले कांग्रेसलाई गतिशील बनाउने बैठकको निष्कर्ष छ । पार्टी भ्रातृ संस्थालाई संगठन विस्तारका लागि व्यापक परिचालन गर्नेबारे पनि पदाधिकारी बैठकले निर्णय गरेको छ ।


ताजा समाचार