
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा संसदको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक शुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा अनुपस्थित छ ।
आजको बैठकमा राष्ट्रपतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवालगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी छन् ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै सर्वदलीय बैठक बोलाउनुभएको हो ।