Logo

समाजवादी मोर्चाले मुलुकको सबै प्रदेशमा सभा गर्ने


Nagarik Abaj ४ भाद्र २०८०, सोमबार १०:२३ मा प्रकाशित

काठमाडौं । समाजवादी मोर्चाले मुलुकको सबै प्रदेशमा सभा गर्ने भएको छ । मोर्चाका नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आलोकनगरमो सोमबार बिहान बसेको बैठकले ७ वटै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ । बैठकमा मुलुकको सबै प्रदेशमा सभा गर्ने निर्णय भएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभएको छ ।  ।

उपाध्यक्ष हमालका अनुसार भदौ ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा हुने भएको छ । बैठकले भ्रष्टाचारविरुद्ध सरकारले चालिरहेकोअभियानलाई समर्थन समेत गरेको नेता हमालले बताउनुभयो । 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)  र नेत्रविक्म चन्द विप्लव नेतृत्वको नेकपासहितका चार दलले गए असार ४ गते समाजवादी मोर्चा घोषणा बनाएका हुन् ।  


ताजा समाचार