Logo

पत्रकार शेर्पाले गरिन् युरोपको सबैभन्दा अग्लो हिमालको आरोहण


Nagarik Abaj ४ भाद्र २०८०, सोमबार १०:११ मा प्रकाशित

काठमाडौं । पत्रकार फुर्पा शेर्पाले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको आरोहण गरेकी छन्। ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस रुसमा छ। आइतबार विहान रुसी समयअनुसार ६ः१५ बजे आरोहण गरेकी हुन्। कर्पोरेट नेपाल नामक अनलाइन मिडियामा पर्यटनसम्बन्धी समाचार लेख्दै फूर्पा एल्ब्रस हिमाल आरोहण गर्ने संभवतः पहिलो नेपाली पत्रकार हुन्।

फूर्पाले पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ, अर्की आरोही ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेकी हुन्। उनले अन्य हिमालहरु पनि क्रमसः आरोहण गर्ने बताएकी छन् ।


ताजा समाचार