Logo

कलाकार बन्ने मेरो पनि इच्छा थियो: पुष्पकमल दाहाल


Nagarik Abaj ३ भाद्र २०८०, आईतवार ११:२९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताउनुभएको छ । शनिबार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न ललितपुरको गोदावरी पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताउनुभयो । उहाँले कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्न भुमिका खेल्ने बताउनुभयो । उहाँले नेपालीहरु जहाँ भएपनि नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्न सक्नुपर्ने बताउनुभयो ।

प्रधनमन्त्री दाहालले यस्ता कार्यक्रमले नेपालीहरु आफ्नो मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छन् भन्ने सन्देश विश्वभर गएको बताउनु भयो ।


ताजा समाचार