Logo

सरकार टिकाउन राप्रपालाई १० करोडको प्रस्ताव आएको लिङ्देनको खुलासा


Nagarik Abaj २ भाद्र २०८०, शनिबार २०:३७ मा प्रकाशित

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा आफ्ना सांसदहरुलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव आएको खुलासा गर्नुभएको छ । अध्यक्ष लिङ्देनले शनिबार समाजिक संजालमार्फत यस्तो खुलासा गर्नुभएको हो ।

कोशी प्रदेशसभामा पछिल्लो पटक सरकार टिकाउन र ढाल्न राप्रपा निर्णयक बनेको छ । ९३ सदस्यीय प्रदेशसभामा उपसभामुखसहित नेकपा एमालेका ४०, न्पाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपाक) का १ सांसद छन् ।

एमाले र राप्रपा बाहेक अन्य तल सत्ता गठबन्धनमा छन् । अहिले एमाले र राप्रपाले बाहेक ४७ सांसदको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्नुभएको छ ।

मुख्यमन्त्री थापाले आउँदो सोमबार विश्वासको मत लिने कार्यक्रम तय भएको छ । गठबन्धनसँग अहिले ४७ सीटको बहुमत भए पनि उपसभामुख एमालेको भएकाले उहाँ अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका जेष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्नासाथ बहुमत पाउने छैनन् ।

विश्वासको मतमा यदि एमाले र राप्रपा एउटै कित्तामा उभिए गठबन्धन सरकार फेरि ढल्ने अवस्था छ । त्यही कारण अहिले सरकार टिकाउने र ढाल्ने चलखेल शुरु भएको छ ।


ताजा समाचार