Logo

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


Nagarik Abaj ३१ श्रावण २०८०, बुधबार १५:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच बुधबार शीतलनिवासमा भेटवार्ता भएको हो ।

एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै ३ सातादेखि संसद अवरुद्ध पार्दै आएको छ । राष्ट्रपतिले अवरुद्ध संसद खुलाउन सुझाव दिनको लागि एमाले अध्यक्ष ओलीलाई छलफलको लागि बोलाउनु भएको हो । उहाँहरुबीच संसद अवरोध लगायतका विषयमा छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।

राष्ट्रपति संसदको अवरोधबारे चासो राख्दै यसअघि प्रधानमन्त्रीसँग पनि छलफल गर्नुभएको थियो ।


ताजा समाचार