Logo

सार्वजनिक सवारीको भाडा बढ्यो


Nagarik Abaj ३१ श्रावण २०८०, बुधबार १३:४७ मा प्रकाशित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए लगत्तै सार्वजनिक सवारी साधनको भाडा फेरि बढेको छ । सरकारले बुधबारदेखि नै लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । व्यवस्था विभागले तोकेको नयाँ दर अनुसार यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले बढाइएको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।

विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागू हुने छ । नेपाल आयल निगमले १ साउनयता पटक पटक गरी डिजेटमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ । निगमले मंगलबार राति देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको हो ।


ताजा समाचार