Logo

फिफा महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्वीडेन र स्पेन भिड्दै


Nagarik Abaj ३० श्रावण २०८०, मंगलवार ११:०४ मा प्रकाशित

काठमाडौं । फिफा महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्वीडेन र स्पेनले प्रतिस्पर्धा गर्दैछन् ।

स्वीडेन २००३ को उपविजेता टोली हो । ऊ गत संस्करणमा तेस्रो भएको थियो । स्पेनले भने पहिलोपटक सेमिफाइनल खेलिरहेको हो । स्वीडेन र स्पेनबीचको खेल अस्ट्रेलियाको इडेन पार्कमा दिउँसो पौने २ बजे शुरु हुनेछ । स्पेन हाल फिफा वरियताको छैटौँ स्थानमा छ ।

क्वार्टरफाइनलमा पूर्वविजेता जापानलाई २–१ गोलले हराउँदै स्वीडेनले सेमिफाइनलको यात्रा तय गरेको थियो । उच्च लयमा रहेको स्वीडेन आज स्पेनलाई हराउँदै फाइनलको टिकट काट्न चाहन्छ । यही विश्वकपमा चारपटकको विश्वकप विजेता अमेरिकालाई हराउँदै स्वीडेन उपाधि दाबेदारको रूपमा प्रस्तुत भएको छ । यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार अस्ट्रेलियाले इंग्ल्याण्डको सामना गर्ने कार्यतालिका रहेको छ ।


ताजा समाचार