Logo

प्रतिनिधिसभा बैठक २९ गते सम्मका लागि स्थगित


Nagarik Abaj २६ श्रावण २०८०, शुक्रबार १३:५१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्र्र्दै अवरोध गरेको छ ।

एमालेकी सांसद् ज्वाला कुमारी शाहले आकस्मिक समयमा बोल्न थालेपछि सत्ता पक्षका सांसदले आफूहरुलाई पनि समय दिन माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले सभा चलाउने तजबिज आफूसँग रहेको बताए ।

एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो । त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।


ताजा समाचार