Logo

औपचारिक जानकारीबिना नै उडानमा प्रतिबन्ध लगाएकोमा सिम्रिक एयरको आपत्ति


Nagarik Abaj २६ श्रावण २०८०, शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौं । नेपाल उड्डयन प्राधिकरणले औपचारिक जानकारीबिना नै उडानमा प्रतिबन्ध लगाएकोप्रति सिम्रिक एयरले आपत्ति जनाएको छ । प्राधिकरणले बिहीबार सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाएको समाचार सञ्चारमाध्यममा सम्प्रेषण गरेकोमा कम्पनीले आपत्ति जनाएको हो ।

प्राधिकरणलाई तिर्नुपर्ने बक्यौताको सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो वास्तविकता नभएको एयरले प्रेस विज्ञप्तिमार्फत् प्रष्ट पारेको छ ।

ुनेपाल उड्डयन प्राधिकरणको पछिल्लो निर्देशनअनुसार सिम्रिक एयर बिहीबार गोरखाको स्यालामा चार्टर्ड उडानको लागि अनुमति लिन पुग्यो। तर, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाउन भनेका छन् भन्दै एयर ट्रान्सफर डिभिजनले उडान अनुमति नदिएपछि कम्पनीले आफूमाथि लागेको प्रतिबन्ध बल्ल थाहा पायो, सिम्रिक एयरले भनेको छ।

वार्षिक रूपमा खाताबन्दीको क्रममा छुटफुट तथा बक्यौता राफसाफ नियमित प्रक्रिया भएको र समयअगावै र जानकारीबिना प्रतिबन्ध लगाउने प्राधिकरणको व्यवहार कानुनसम्मत् नभएको कम्पनीका महाप्रबन्धक मुरलीधर जोशी बताउनुभयो।


ताजा समाचार